लुम्बिनी प्रदेशमा विपक्षि गठबन्धनले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा

624

लुम्बिनी प्रदेशमा विपक्षि गठबन्धनले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । चालु अधिवेशनमा बजेटमाथिको छलफल सकेर निर्णयार्थ पेश हुनु अगावै प्रदेश सभा बैठक बहिस्कार गरेको सरकारले रातारात प्रदेश प्रमुख मार्फत सदन अन्त्य गराएर अध्यादेश मार्फत बजेट ल्याएपछि विपक्षी गठबन्धनले सरकारको उक्त कार्यको तिब्र आलोचना गर्दै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।
विपक्षी गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ती जारी गरी मुख्यमन्त्री पोखरेलेको तत्काल राजीनामा माग गरेका हुन् । नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनोडिया, माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेता तारा जिसीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा निरंकुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुभन्दा मुख्यमन्त्रीले तत्काल राजिनामा गर्नुपर्ने उल्लेख गरिएको छ ।