जन्मदिनमा अपाङ्ग आश्रममा सहयाेग

730

जन्मदिनमा अपाङ्ग आश्रममा सहयाेग

बुटवल उद्याेग बाणिज्य संघका उद्याेग उपाध्यक्ष टंकप्रसाद गैरेले आफ्नाे जन्मदिनकाे अवसरमा अपाङ्ग आश्रममा सहयाेग गर्नु भएकाे छ । आफ्नाे जन्मदिनकाे अवसरमा शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा रहेकाे नेपाल अपाङ्ग आश्रमा नगद सहित खाद्य सामाग्रि सहयाेग गर्नु भएकाे हाे ।

उहाले आफ्नाे जन्मदिनकाे अवसरमा उक्त अपाङ्ग आश्रममा हरेक वर्ष सहयाेग गर्दै आउनु भएकाे छ । जन्मदिनमा हरेक वर्ष उक्त अपाङ्ग आश्रममा सहयाे गर्दै आएकाे र साेही अनुसार याे वर्षपनि आफू सक्दाे सहयाेग गरेकाे उहाले बताउनु भयाे ।

सहयाेग ग्रहण गर्दै आश्रमका अध्यक्ष डाेलबहादुर रामदामले काेराेना महामारीकाे कारण आश्रम सञ्चालन गर्न समस्या भएकाे र प्राप्त सहयाेगले धेरै राहत मिलेकाे बताउनु भयाे ।