प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासकाे मत लिनु भएकाे छ । पुन:स्थापित प्रतिनिधि सभा (संसद) काे आइतबार बसेकाे दास्राे बैठकमा प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिनु भएकाे हाे ।
प्रधानमन्त्री देउवालाई १६५ प्रतिनिधि सभा सदस्यले विश्वासकाे मत दिएका छन् । उपस्थित २४९ सांसद मध्येे ८३ सांसदले विपक्षमा मतदान गरेका थिए भने १ जना सांसद तटस्थ बसेका थिए ।
प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पाटीका ३२, राष्ट्रिय जनमाेर्चाका १ र विपक्षी दल नेकपा एमालेका २२ सांसदले विश्वासकाे मत दिएका हुन् । संसदमा १२१ सांसद रहेकाे विपक्षी दल नेकपा एमालेका ८३ सांसदले प्रधानमन्त्री देउवाकाे विपक्षमा मतदान गरेका हुन् ।