चोरीका चार मोटरसाईकल सहित तीनजना पक्राउ

616

चोरीका चार मोटरसाईकल सहित तीनजना पक्राउ

हराएका चार वटा मोटरसाईकल सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हराएका मोटरसाईकल खोजी गर्ने क्रममा प्रहरीले नवलपरासीको प्रातापुर गाउँपालिका वडा नं. १ जमुनीयाबाट ४ वटा मोटरसाईकल सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
चोरीका मोटरसाईकल सहित प्रहरीले नवलपरासी प्रतापुर गाउँपालिका वडा नं. १ जमुनीयाका ३५ वर्षीय दीपक थारु, सोही गाउँपालिकाको वडा नं. २ का २० वर्षीय खिरिनारायण थारु र सरावल गाउँपालिका वडा नं. २ का ३० वर्षीय खेमनारायण थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुरका प्रदिप गुप्ताले आफ्नो लु ६३ प ४२२० नम्बरको मोटरसाईल हराएको निवेदन प्रहरीलाई दिएका थिए । उक्त मोटरसाईलक खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाईलक सहित अन्य तीन वटा चोरीका मोटरसाईल फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले नवलपरासीको प्रतापुर गाउँपालिका वडा नं. १ जमुनीयाका दीपक थारुको घरमा लुकाएर राखेको अवस्थामा लु ६३ प ४२२० नम्बरको मोटरसाईल सहित लु ४४ प ८१९५, लु ४२ प ४६ र लु ४२ प ५६०७ नं. का कोटरसाईल फेला पारेको हो । प्रहरीले फेला परेका ती मोटरसाईकल बरामद गर्नुको साथै ती मोटरसाईल ल्याएर राख्ने उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।