रुपन्देहीमा रेष्टुरेन्ट एण्ड बार व्यबसायी समिति गठन : अध्यक्षमा कोईराला

1.5K

रुपन्देहीमा रेष्टुरेन्ट एण्ड बार व्यबसायी समिति गठन : अध्यक्षमा कोईराला

रुपन्देही जिल्लामा रेष्टुरेन्ट र बार व्यबसायी गर्ने व्यबसायीहरुको भेलाले रेष्टुरेन्ट एण्ड बार ब्यवसायी संघ स्थापना गर्नुको साथै तदर्थ समिति गठन गरिएको छ । रेष्टुरेन्ट व्यबसाय सञ्चालन गर्ने व्यबसायिहरुको व्यबसायिक एकता र हकहितमा काम गर्ने स्थापना गरिएको उक्त संघका अध्यक्षमा युवा व्यबसायी प्रसान्त कोईरालालाई चयन गरिएको छ ।
सोमबार बुटवलमा भएको भेलाले संघको १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा सागर पौडेल, सचिवमा प्रदिप जिसी, सहसचिवमा उमेश सापकोटा, कोषाध्यक्षमा कमल खनाललाई चयन गरिएको छ । त्यस्तै समितिका सदस्यहरुमा अमृतकुमार थापा, निशा श्रेष्ठ, लक्ष्मी रिजाल, बिरेन प्रधान, यमबहादुर थापा, बिक्रम गुरुङ, यमलाल पाण्डे, रामचन्द्र पौडेल, अमृत गुरुङ र अजय रेग्मी रहनु भएको छ ।
रेष्टुरेन्ट व्यबसायीहरुको हकहित र एकताको लागि संघ स्थापना गरिएको अध्यक्ष कोईरालाले बताउनु भयो । पछिल्लो समय रुपन्देही जिल्ला बारको हवको रुपमा बिकास हुँदै गएको हुँदा व्यबसायिक एकता, हकहित र उनीहरुले प्रदान गर्ने सेवा सुविधामा एकरुपता ल्याउनको लागि संघ स्थापना गरिएको उहाँले बताउनु भयो ।
गठित समितिको पहिलो बैठकले कोरोना महामारीका कारण व्यापार व्यबसाय बन्द गर्नुपर्दा व्यबसाय धराशायी भएको र व्यबसायी सहित रेष्टुरेन्ट बारमा काम गर्ने मजदुरलाई कोरोना विरुद्धको खोपको प्रवन्धको लागि पहल गर्ने निर्णय गरिएको सचिव प्रदिप जिसीले बताउनु भयो । सरकारले जारी गरेको निषेधाज्ञाको विषयमा सरोकारवालासंग छलफल गरेर रात्रीकालिन व्यबसाय सञ्चालनको विषयमा समेत पहल गरिने उहाँले बताउनु भयो ।
स्थापित संस्था दर्ताको लागि अध्यक्ष प्रसान्त कोईराला, उपाध्यक्ष सागर पौडेल र सचिव प्रदिप जिसीलाई बैठकले जिम्मेवारी दिएको छ । त्यस्तै आर्थिक व्यबस्थापनको लागि कोषाध्यक्ष कमल खनालको संयोजकत्वमा यमलाल पाण्डे र अमृतकुमार थापा सदस्य रहेको आर्थिक व्यबस्थापन समिति गठन गरिएको छ ।