बीपीको स्मृतिमा बृक्षरोपण

1.3K

बीपीको स्मृतिमा बृक्षरोपण

नेपाली काँग्रेस रुपन्देहीले पार्टीका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको स्मृतिमा बृक्षरोपण गरेको छ । बीपीको ३९ औं स्मृति दिवसको अवसरमा काँग्रेस रुपन्देहीले बुधबार तिलोत्तमा नगरपालिका वडा नं. १७ मा रहेको बीपी ग्राममा बृक्षरोपण गरेको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति रामचन्द्र ढकाल, सचिव रामकृष्ण खाँण लगायतले भनाई राख्नुभएको थियो ।