रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहमा गिरी

548

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहमा गिरी

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको आगामी वर्षको अध्यक्षमा सुनिल गिरीलाई चयन गरिएको छ । गिरी नेतृत्वको उक्त क्लवको निवर्तमान अध्यक्षमा अर्जुन गुरुङ् तथा उपाध्यक्षहरुमा मनिलाल तिवारी, बिक्रम भुसाल, रमा गैरे, राजु पाण्डे र चन्दा पाठकलाई चयन गरिएको छ ।

त्यस्तैगरी सचिवमा सञ्दिप पौडेल, कोषाध्यक्षमा अम्बिका खरेल तथा सहसचिवमा प्रविण गौडेल र सहकोषाध्यक्षमा सन्जना ढकाललाई चयन गरिएको छ । त्यस्तै कार्यसमितिको बोर्ड सदस्यहरुमा मनोज भट्टराई, वर्षा खड्का, गीता ढकाल, ललिता घिमिरे, कृष्ण गैरे, अनिता रेग्मी, प्रिती यादव, आषिस न्यौपाने, विजय अमागाई, सिदार्थ अर्याल, रोजिना गैरे, लाक्पा लामा, सरोज गैरे, सुस्मिता न्यौपाने र रस्मिता न्यौपानेलाई चयन गरिएको छ ।

क्लवको नवनिर्वाचित कार्यसमितिलाई शनिबार देवदहमा आयोजित नवौं पदस्थापना समारोहको आयोजना गरि पद हस्तान्तरण समेत गरिएको छ । नव निर्वाचित अध्यक्ष गिरीलाई क्लवका पूर्व अध्यक्ष किशु शर्माले सपथग्रहण गराउनु भएको थियो भने बोर्डका पदाधिकारीलाई अध्यक्ष गिरीले सपथग्रहण गराउनु भएको थियो ।

त्यस अवसरमा बोल्दै स्पोन्सर क्लव रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद चापागाईले क्लवका तीनवटै स्पोन्सर क्लवलाई क्लवले पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले रोट्रयाक्ट क्लवहरुलाई कार्यक्रम बनाएर ल्याउन आग्रह गर्दै त्यसरी ल्याएका कार्यक्रममा के कसरी गर्न सकिन्छ बसेर छलफल गर्न आफू तयार रहेको बताउनु भयो ।

त्यस्तै उक्त क्लवका पूर्व अध्यक्ष अधिवक्ता किशु शर्माले क्लव स्थापनाको छोटो समयमै राम्रो प्रगति गर्न सफल भएको र सदस्यता अभिबृद्धिमा उलेखनीय सफता लिएको बताउँदै अव यसका उद्देश्यमा अगाडि बढ्न मिहिन ढंगले विश्लेषण गरेर काम गर्न सुझाव दिनुभयो ।

क्लवका अध्यक्ष नवनिर्वाचित अध्यक्ष गिरीले देवदहको पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, ट्राफिक चेतना सहितका कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताउनु भयो । त्यस्तै क्लवका निवर्तमान अध्यक्ष अर्जुन गुरुङले यस अगाडिका कार्यक्रमलाई निरन्तरता सहित नयाँ कार्यक्रम गर्न आग्रह गर्दै त्यसमा आफ्नो पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ले रोट्रयाक्ट क्लवले समाजसेवा संगै सामाजिक बिकासका काममा उल्लेखनीय काम गरेको बताउनु भयो । त्यस अवसरमा स्थानीय क्लवका अध्यक्षहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तैगरी क्लवले वर्षभरी गरेका कार्यक्रमका संयोजक, उदारहणनीय काम गर्ने र सहयोग गर्नेहरुलाई अवार्ड तथा मायाँको चिनोले सम्मान गरिएको थियो । कार्यक्रम रमा गैरे र सन्दिप पौडेलको सञ्चालनमा भएको थियो ।