मदिरा व्यवसायी संघद्वारा बृक्षरोपण

519

मदिरा व्यवसायी संघद्वारा बृक्षरोपण

मदिरा व्यवसायी संघ नवलपरासीले बृक्षरोपण गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै वातावरण संरक्षणको लागि संघले बृक्षरोपण गरेको हो । नवलपरासीको भुमहीमा रहेको मोतिलाल बहुमुखी क्याम्पस प्राङ्गणमा संघले विभिन्न २४ प्रजातीका बिरुवा रोपिएको संघका संस्थापक अध्यक्ष मुक्तिप्रसाद श्रेष्ठले बताउनु भयो ।
संघका नवलपरासी जिल्ला अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा मोतिलाल बहुमुखी क्याम्पसका अध्यक्ष नारायण तिवारीले संघले रोपेका बिरुवा संरक्षण गर्ने दायित्व आफ्नो भएको बताउँदै संघले वातावरण संरक्षणमा योगदान गरेको बताउनु भयो । मोहन भुसालको संयोजनमा भएको कार्यक्रम संघका महासचिव सुर्य न्यौपानेको सञ्चालनमा भएको थियो ।