रोट्रयाक्ट लुम्बिनी स्टार्समा भण्डारी

752

रोट्रयाक्ट लुम्बिनी स्टार्समा भण्डारी

रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्समा पदस्थापन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच क्लवको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण सहित पदस्थापना गराईएको हो ।
कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष बिमल ढकालले नवनिर्वाचित अध्यक्ष मुक्तिराम भण्डारीलाई पद हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा बोल्दै रोटरी डिष्ट्रिक जोन २० का एसिस्टेन्ट गभर्नर जीवन अधिकारीले समाज सेवामा रोटरी रोट्रयाक्टको भूमिका महत्वपूर्ण रहेको भन्दै अझै रचनात्मक काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा जोन २२ का एसिस्टेन्ट गभर्नर राजेन्द्र कार्की, यादव भण्डारी, लक्ष्मण खरेल, सुमन बस्याल, कृष्ण भुसाल, बालकृष्ण पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष भण्डारीले समाज रुपान्तरणको लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष ढकालले क्लवले अगाडि सारेका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै क्लवले अगाडि सारेका कार्यक्रममा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम योगेन्द्र कंडेल र सुदिप न्यौपानेको सञ्चालनमा भएको थियो ।