कर्मचारी थापाको निधन : परिवारलाई २ लाख रुपैंया राहत घोषणा

1.3K

कर्मचारी थापाको निधन : परिवारलाई २ लाख रुपैंया राहत घोषणा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा कार्यरत कर्मचारी प्रदिप थापाको मृत्यु भएको छ । पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियन बुटवलका सदस्य समेत रहेका थापाको ५८ वर्षको उम्मेरमा निर्धन भएको हो ।
थापाको निधन पछि उनको परिवारलाई राहात प्रदान गरिने भएको छ । स्वर्गीय थापाको श्रद्धाञ्जली समारोहमा उनको परिवारलाई दुई लाख रुपैंया राहत घोषणा गरिएको हो । पश्चिमाञ्चल यातायात व्यबसायी समितिको कार्यालय परिषरमा आईतबार गरिएको श्रद्धाञ्जली समारोहमा समितिको तर्फबाट १ लाख र युनियनको तर्फबाट १ लाख गरि २ लाख रुपैंया राहत घोषणा गरिएको समितिका कार्यालय प्रमुख तथा नेपाल ट्रक यातायात कर्मचारी युनियनका महासचिव वाबुराम अधिकारीले बताउनु भयो ।
शोक सभामा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, युनियनका पूर्व अध्यक्ष प्रकाश गैरे, समितिका महासचिव जीतबहादुर भाट, सल्लाहकार खगराज गौतम, खेम गुरुङ, टोपलाल घिमिरे, लेखा प्रमुख ऋषिराम भट्टराई, लगायतले स्व थापाले समितिमा पुराएको योगदानको चर्चा गर्नुभएको थियो ।
युनियनका अध्यक्ष शिव केसीको अध्यक्षतामा भएको शोक सभाको सञ्चालन सचिव भूमिमाया रानाले गर्नुभएको थियो ।