लुम्बिनी, गण्डकी र २ नं. प्रदेशका प्रदेशप्रमुख फेर्ने प्रधानमन्त्री देउवाको तयारी

302

लुम्बिनी, गण्डकी र २ नं. प्रदेशका प्रदेशप्रमुख फेर्ने प्रधानमन्त्री देउवाको तयारी

सरकारले लुम्बिनी, गण्डकी र २ नं. प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका तत्काल तीन प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको हो ।
हाल लुम्बिनी प्रदेशमा धर्मनाथ यादव, गण्डकीमा सीता पौडेल र २ नं. प्रदेशमा राजेश झा अहिराज प्रदेश प्रमुख छन् । पूर्ववर्ती केपि ओली सरकारले तत्कालिन प्रदेश प्रमुखहरु लुम्बिनीका उमाकान्त झा, गण्डकीका अमिक सेरचन र २ नं. प्रदेशका तिलक परियारलाई वर्खास्त गरेर उनीहरुलाई नियुक्त गरेको थियो ।
संविधान जारी भएसंगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो भने प्रतिनीधि सभा निर्वाचन पछि बनेको ओली नेतृत्वको सरकारले देउवाले नियुक्त गरेका सातै प्रदेशमा प्रदेश प्रमुख फेरेको थियो । प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यबस्था छ ।