नेपाली काँग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन बुझायो

369

नेपाली काँग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन बुझायो

नेपाली काँग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीका क्रियाशिल सदस्यताको प्रतिवेदन बुझाएको छ ।
रमेश लेखक संयोजक रहेको ७ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रधानमन्त्री समेत रहेका  पार्टी सभापति देउवालाई बुझाएको हो । सभापतिलाई बुझाएको प्रतिवेदन अनुसार नेपाली काँग्रेसको क्रियाशिल सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ ।
समितिले करिव डेढ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरुङले भने फरक मत राख्नुभएको छ ।