सरकारले लुम्बिनी र गणडकीका प्रदेश प्रमुख फेर्ने तयारी गरेकाे छ । सरकारले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक सेरचनलाई नियुक्त गर्न लागेकाे हाे ।
त्यस्तै गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने सरकारकाे तयारी छ ।
दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ ।