बुटवल जेसीजको इतिहास

1.5K

बुटवल जेसीजको इतिहास

बिमलराज भट्टराई / 

स्वर्गीय द्रोणराज जोशीको अगुवाई महाभारतको गोरखपुर जेसीजले बुटवल जेसीजलाई मातृत्व प्रदान गरेर नेपालमा जेसीज स्थापनामा ठूलो गुन लगाएको छ । गोरखपुर जेसीजसग बुटवल जेसीजको संस्थागत भगिनी सम्बन्ध रहेको छ । बुटवल जेसीजको स्थापनापछि नेपाल जेसीजको आन्दोलनमा थप योगदान मात्र होइन, यसको माध्यमबाट १८ देखि ४० वर्षसम्मका युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास सामुदायिक र अन्तर्राष्ट्रिय सम्बन्धको अभियानमा थप लागिरहेको छ । यसको स्थापना भूमिका र योगदान अग्रणी रहेको तथ्य प्रमाणित भइसकेको छ ।

पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक स्थल, पूर्व मेचीदेखि महाकालीसम्मको संगम र सुगम केन्द्रविन्दु, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नामले पुकारिने साविकको लुम्बिनी अञ्चलको सदरमुकाम बुटवल नगरी सन् १९७४ मा स्थापना भएको जेसीज अझै थप जागर सहित बढ्नुपर्ने बेला आएको छ । विश्वव्यापी युवा नेतृत्व विकासको उद्देश्यबाट सञ्चालित जेसीज आन्दोलनलाई नेपाल भित्याउनेमा नेपाल जेसीजका संस्थापक अध्यक्ष डा. भेषबहादुर थापाज्यूको सहासिक योगदानप्रति नेपालका सम्पूर्ण जेसीज मनहरुले सम्मान र आभार व्यक्त नगरिरहन सक्दैनन् ।

नेपालको जेसीजको एउटा सदस्य शाखाको हैसियतले बुटवल जेसीज सदा जेसीज आन्दोलनलाई अगाडि बढाउन शहर बजारमा मात्र नभएर गाउँघरमा पनि पु¥याई त्यहाँ रहेका युवाहरुमा जागरुकता जेसीजम ल्याउनुपर्ने देखिन्छ । यस्तै धारणाबाट प्रेरित भएर बुटवल जेसीजले सन् १९९६ मा बुटवल महिला जेसीजको (संस्थापक रेखा कट्टेल) स्थापना समेत गर्यो । सन् २००० मा रामग्राम जेसीज, (संस्थापक श्याम बस्याल) २००३ मा भलवारी जेसीज, (संस्थापक कृष्ण पुरी) २०१५ मा सैनामैना जेसीज (संस्थापक रामप्रसाद अधिकारी) र देवदह जेसीजको (संस्थापक बिजय गुरूंग), स्थापना गरेको हो । यसरी बुटवल जेसीजले आफ्नो संस्थागत स्वरुप र क्रियाकलापमा राष्ट्रव्यापी क्रियाकलापलाई अगाडि बढाइरहेको छ ।

नेपाल भित्र र नेपाल बाहिर पनि जेसीज आन्दोलनलाई क्रमशः व्यापक र विस्तार गर्दै लैजाने दिशातर्फ उन्मुख छ । बुटवल जेसीजले ४८ वर्षमा खेलेको भूमिका उत्पादनशिल सिर्जनात्मक क्रियाकलापमा पनि आन्दोलनकै रुपमा उत्कृष्ट संस्थाको पहिचान बनाउन सकेको छ । प्रारम्भदेखि नै बुटवल जेसीजले नेपाल जेसीजमा आफ्नो संलग्नता प्रदान गर्दै कुशल नेतृत्वको प्रदर्शन गरेको कुरा कसैबाट छिपेको छैन । जेसीज अभियानलाई अगाडि बढाउन बुटवल जेसीजबाट पु¥याएको योगदान छर्लङ्ग हुन आउँछ ।

संस्थापक बोर्ड

१. अध्यक्ष दोर्णराज जोशी
२. उपाध्यक्ष कशुमकुमारी लाकौल
३. सचिव मदन पौडेल
४. कोषाध्यक्ष पर्शुराम शाक्य
५. सदस्य वसन्तलक्ष्मी श्रेष्ठ
६. सदस्य इरादेवी थैव
७. सदस्य मोहम्मद हारुन अन्सारी
८. सदस्य वसन्तध्वज जोशी रहनु भएको थियो । बुटवल जेसीज जेसीज चोक स्थित आफ्नै भवनमा अबस्थित छ ।

(लेखक भट्टराई बुटवल जेसीजका पूर्व (सन् २००९) अध्यक्ष हुनुहुन्छ ।)