लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख फेर्न सरकारको सिफारिस

1.3K

लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख फेर्न सरकारको सिफारिस

सरकारले लुम्बिनी र गण्डकी प्रदेशको प्रदेश प्रमुख परिवर्तन गर्न सिफारिस गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई र गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेलाई हटाएर क्रमशः अमिक सेरचन र पेथ्वीमान सिंह गुरुङलाई सिफारिस गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भयो ।
प्रतिनीधि सभाको निर्वाचन पछि केपि ओली सरकारले पूर्ववर्ती शेरबहादुर देउवाको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर उनीहरुलाई नियुक्त गरेको थियो ।