पहिरोबाट विस्थापित परिवारलाई लायन्स क्लव अफ बुटवलको सहयोग

1.3K

पहिरोबाट विस्थापित परिवारलाई लायन्स क्लव अफ बुटवलको सहयोग

लायन्स क्लव अफ बुटवलले पाल्पाको तिनाउ गाउँपालिकाका पहिरोबाट विस्थापितलाई राहत प्रदान गरेको छ । क्लवले शनिबार पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ केरावारी, गिट्टिखानीका पहिरोबाट विस्थापित ५ घर परिवारलाई राहत प्रदान गरेको हो ।

गत असार २४ गते राती माथिबाट आएको पहिरोले ५ घर बगाएको थियो भने पहिरोमा परि एकैघरका दुई जना र नाबालक गरि ३ जनाको मृत्यु भएको थियो । पहिरोले घर बगाएपछि उनीहरु नजिकैको कल्याणी आधारभूत बिद्यालयमा आश्रय लिईरहेका छन् ।

उनीहरुलाई ओढ्ने ओछ्याउने कपडाको अभाव भएपछि क्लवले खाट तथा ओढ्ने आछ्याउने कपडा प्रदान गरेको हो । बुधबार बिहान गएको क्लवको टोलीले राहत सामाग्रि हस्तान्तरण गर्दै क्लवका अध्यक्ष लोकप्रसाद खरेलले तत्काल देखिएको आवश्यकताको आधारमा प्रति परिवार २ सेट खाट सहित ओढ्ने ओछ्याउने कपडा प्रदान गरिएको बताउनु भयो ।

उहाँले लायन्स क्लव अफ बुटवलले बुटवलमा लायन्स आँखा अस्पताल सञ्चालन गरेको जानकारी गराउँदै आँखाका बिरामीलाई निःशुल्क औषधी पउचार गर्न सकिने बताउँदै गाउँमै पनि निःशुल्क शिबिर सञ्चालन गर्न सकिने बताउनु भयो ।

त्यस अवसरमा बोल्दै क्लवका पूर्व अध्यक्ष तथा लायन्स क्लवका जोन चियरप्रसन नरेश श्रेष्ठले लायन्स क्लवले सुरुदेखि नै परापकारी काम गर्दै आएको र विपदमा परेका घरपरिवारलाई सहयोग गरेर अझै राम्रो काम गरेको बताउनु भयो । त्यस्तै समाजसेवी डेमोक्रेटिक लयर्स एशोसियशन रुपन्देहीका अध्यक्ष महेन्द्र पाण्डेले लायन्स क्लवले परोपकारी काम गर्दै आएको देखेकोले पहिरो प्रभावितलाई घाउमा थोरै भएपनि मलम लगाउन सकियो भन्ने उद्देश्ले क्लवका अध्यक्षलाई आवश्यकताको जानकारी गराएको र सोही अनुसार तत्कालै सहयोग गरेकोमा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा लियो क्लव अफ बुटवलका अध्यक्ष रमेश न्यौपाने, कल्याणी आधारभूत बिद्यालयका प्रधानाध्यापक सुन्दर गाहा, स्थानीय बन समितिका अध्यक्ष पदमलाल शाक्य, क्लवका सचिव प्रदिप शाक्य लगायतले भनाई राख्नुभएको थियो ।
तिनाउ गाउँपालिकाको गिट्टिखानीमा गएको पहिरोमा परि एकाघरका बिरबहादुर गुरुङ र उनकी आमा सुन्दरी गुरुङ तथा नावालक आरभ परियारको मृत्यु भएको थियो भने पहिरोले घर बगाएर विस्थापित भएका ती ५ परिवारका १४ जना स्थानीय कल्याणी आधारभूत बिद्यालयमा आश्रय लिएका छन् ।