नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको नेतृत्वमा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलकी कार्यालय प्रमुख सम्झना शर्माको अध्यक्षतामा बसेको बसेको बैठकले कोभिड–१९ महामारीको सन्दर्भमा मानवअधिकारको अवस्था अध्ययनको लागि अनुगमनि समिति गठन गरेको हो ।
मानवअधिकार संरक्षण कार्यविधि, २०७८ बमोजिम जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिको सदस्य सचिवमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत दीपक ठाकुर रहनु भएको छ भने सदस्यहरुमा बार एशोसियशन भैरहवाका अध्यक्ष लोकनाथ पन्त, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान रुपन्देहीका जितेन्द्र वञ्जाडे, नेपाल औषधी व्यबसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, गैरसरकारी संस्था महासंघ रुपन्देहीकी अध्यक्ष रिमा बिसी, स्वतन्त्र बिकास समाजकी अध्यक्ष साबित्रा घिमिरे र शाहसी कदम नेपालकी आनिक राना रहनु भएको छ ।
२१ सदस्यीय समितिको सदस्यहरुमा अप्रवासीमहिला सरोकार केन्द्र, रुपन्देहीका जानकी घिमिरे, थर्ड एलाइन्स, रुपन्देहीका अग्नीशक्ति यादव, आदीवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सोनु थापा, नेपाल मानव अधिकार संगठन रुपन्देहीका पवनकुमार पौडेल, परिवर्तन नेपालका रिता सेन ओली, मानवअधिकारका लागि एकल महिला समुहकी राधिका श्रेष्ठ माहुरी होम, रुपन्देही रामविकास चौधरी, अपाङ्ग महासंघ रुपन्देही हुमनाथ अधिकारी, माइती नेपालकी माया क्षेत्री, मानवअधिकार शान्ति समाज रुपन्देहीका अध्यक्ष डि.बि खनाल, नमुना एकिकृत विकास परिषदका ज्ञानु पौडेल, दलित महिला संघ रुपन्देहीकी मनु खडका र एडभोकेसी फोरम रुपन्देहीका इन्दिरा आचार्य रहनु भएको छ ।