लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कालीगण्डकी–तिनाउ डाइभर्सन गर्नुपर्ने बताउनु भएको छ । शुक्रबार पदभार ग्रहण पछि पत्रकारहरुलाई सम्बोधन गर्दै उहाँले विवाद सुल्झाएर डाईभर्सनको काम अगाडि बढाउन सकिने बताउनु भएको हो । उद्यपी सर्बोच्चले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
कालिगण्डकीमा पानीको बहाव कम हुन नदिनेगरी उत्तरगंगाको पानी डाईभर्सन गरेर तिनाउमा ल्याउन सकिने बताउँदै उहाँले गण्डकीको प्रदेश प्रमुख हुँदाखेरीनै आफूले त्यो सुझाव दिएको पनि स्मरण गर्नुभयो । प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्नुअघि उहाँको स्वागतमा मुख्यमन्त्री तथा मन्त्रीहरु भने सहभागि भएका थिएनन् ।