एमाले अध्यक्ष ओलीले भने–‘माधव नेपाल मुख्य अपराधि हुन, पार्टीमा ठाउँ छैन’

117

एमाले अध्यक्ष ओलीले भने–‘माधव नेपाल मुख्य अपराधि हुन, पार्टीमा ठाउँ छैन’

एमाले अध्यक्ष केपि शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा ठाउँ नभएको बताउनु भएको छ । आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीहरुको सरकार बनाउन भोट हाल्ने, आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काम नेपाल नेपालको नेतृत्वमा भएको बताउँदै अध्यक्ष ओलीले त्यस्ताको लागि पार्टीमा ठाउँ नभएको बताउनु भएको हो ।
पार्टीमा बाटो बिराउनेहरुका कारण पार्टीलाई ठूलो क्षेती भएको बताउँदै उहाँले नेता नेपालबाहेक अरुलाई भने पार्टीमा फर्किन आग्रह गर्नुभयो । वरिष्ठ नेता नेपाललाई ‘मुख्य अपराधि’को संज्ञा दिँदै अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्नुभयो ।