लायन्स क्लव अफ बुटवलले बुटवलको श्रीधर स्मृति पार्कमा बृक्षरोपण गरेको छ । लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको सहकार्यमा लायन्स क्लवले बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित तलेजु दुर्गा मन्दिर परिषरमा रहेको श्रीधर स्मृति पार्कमा बृक्षरोपण गरेको हो ।
मन्दिर परिषरमा रहेको श्रीधर स्मृति पार्कभित्र ‘लायन्स फ्रुट गार्डेन’ बनाउने गरी लिचि, आँप लगायतका फलफूलका बिरुवा रोपिएको कार्यक्रम संयोजक मृगेन्द्र गोबिन्द श्रेष्ठले बताउनु भयो । बृक्षरोपण पछि आयोजित कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिकका फस्ट भाईस डिष्ट्रिक गभर्नर सिबि चन्द, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिकका एक्जुकेटिभ चिफ अर्जुनमान सैंजुले बृक्षरोपणले वातावरण सन्तुलन राख्नको लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष लोकप्रसाद खरेलले बृक्षरोपणले एकातिर नाङ्गो डाँडो हरियालीमा परिणत हुनेछ भने अर्कोतिर वातावरण संरक्षणमा पनि योगदान हुने भएकाले क्लवले फलफूल बगैचा बनाउनेगरी फलफूलका बिरुवा रोपिएको र रोपिएको बिरुवाको नियमिन रेखदेख तथा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्लवका सचिव प्रदिप शाक्यको सञ्चालनमा भएको बृक्षरोपण कार्यक्रममा त्यस सामुदायिक बन उपभोक्ता समितिका उपाध्यक्ष हिकबहादुर दर्लामी, लियो क्लव अफ बुटवलका अध्यक्ष रमेश न्यौपाने लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा लायन्स, लायनेश र लियो क्लवका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।