लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बिच भेटवार्ता

592

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बिच भेटवार्ता

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेल बिच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका प्रदेश प्रमुखलाई भेट्न मुख्यमन्त्री पोखरेल शनिबार मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुग्नु भएको थियो ।
प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रमलाई अघोषित रुपमा बहिस्कार गरका मुख्यमन्त्री पोखरेल सहित मन्त्रीहरुको सर्बत्र आलोचना भएको थियो । भेटमा प्रदेशको अवस्था, सरकारले हासिल गरेको सफलताका बिषयमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी गराउनु भएको थियो ।
शनिबार नै दिउँसो विपक्षि गठबन्धनका दलहरुले पनि प्रदेश प्रमुखलाई स्वागत गर्दै प्रदेश सरकारको विषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको र बलमिच्याई गरेर सत्तामा टिकिरहेको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।