लायन्स क्लव अफ बुटवल युथको स्थापना दिवस

127

लायन्स क्लव अफ बुटवल युथको स्थापना दिवस

लायन्स क्लव अफ बुटवल युथको स्थापना दिवस मनाईएको छ । शनिबार साँझ एक कार्यक्रमका बिच स्थापना दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिकका डिष्ट्रिक सेकेन्ड भाईस गभर्नर नवराज न्यौपानेले क्लवले छोटो समयमा पनि धेरै राम्रा काम गर्न सफल भएको बताउँदै सहभागितालाई अझै बढाउन आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष हरिकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक चिफ एड्भाईजर अर्जुनमान सैंजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग, पूर्व एरिया चिफ सन्दिप कसौधन, रिजनल चियर प्रसन गोपालप्रसाद पाण्डे, क्लवका संस्थापक अध्यक्ष जाकिर हुसेन, पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त दीपकप्रसाद श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसै अवसरमा निवर्तमान अध्यक्ष कमलदिन मियाले आफ्नो कार्यकालमा आफूलाई सहयोग गर्नेहरुलाई मायाँको चिनोले सम्मान गर्नुभएको थियो । कार्यक्रम क्लवका प्रथम उपाध्यक्ष हरिबिक्रम कुवँरको सञ्चालन र द्वितीय उपाध्यक्ष विष्णु काफ्लेको स्वागतमा भएको थियो ।