सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्काशनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अस्वीकार गरेको छ । सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च गएका चार नेताको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
माओवादीबाट निष्काशनमा परेका नेताले यस अघि माओवादी केन्द्र अवैध भएको भन्दै निर्वाचन आयोगमा खारेजीको माग गरेका थिए । त्यस विषयमा समेत निर्वाचन आयोगले माओवादी केन्द्रलाई खारेज गर्न अस्वीकार गरेको थियो । नेकपा विभाजनमा केपी शर्मा ओलीलाई माओवादी खेमाका केही नेताले साथ दिदै मन्त्री भएका थिए । यस अघि सर्वोच्चले माओवादी छाडेर मन्त्री बनेकाहरु मन्त्री नबनाउन आदेश दिएको थियो ।