पत्रकार आचार संहिता कडाईका साथ कार्यान्वन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितता गर्दै पत्रकारलाई आचारसंहितामा कस्न जरुरी रहेकोमा उनीहरूको जोड छ ।
नेपाल पत्रकार महासंघ, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केन्द्रित छलफल कार्यक्रममा बोल्दै पत्रकारहरुले आचार संहिता कार्यान्वन गर्दै पत्रकार पे्रेसाप्रति भइरहेको दुरूपयोग रोक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले पत्रकारहरुको क्षमता अभिवृद्धि र पेशागत सुरक्षामा पत्रकार महासंघ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाले महासंघले बहुआगामिक योजनाका साथ बहुउद्देश्यीय भवन सहित रिसर्च भवन बनाउन पहल गर्नुपर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघले रुपन्देहीको पत्रकारिताको इतिहास खोतलेर अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारिता पेशालाई सम्मानित बनाउन आचार संहित कार्यान्वन गर्न महासंघले पहल कदमी लिनुपर्ने बताउनुभयो । त्यस्तै पूर्व अध्यक्ष मोहन चापागाईले पत्रकारिता पेशागत हकहित, क्षमता अभिवृद्धि गर्दै पत्रकारका लागि चाहिने साधान स्रोत खरिदको लागि सहुलितको लागि महासंघले भूमिका खेल्नुपर्ने बताउनुभयो । पूर्व अध्यक्ष तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले सामाजिक सञ्जालले नै पत्रकारलाई अमर्यादित बनाएको भन्दै त्यसको आचार संहिता पालना गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै महासंघका निर्वतमान अध्यक्ष यानेन्द्र जिसीले पत्रकारिता पेशाको सुरक्षाको लागि क्षमता अभिवृद्धिमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।
महासंघका सल्लाहकार दिनेश पाण्डेले पत्रकारको सुद्धिकरण जरुरी रहेको बताउनुभयो । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकार आचार संहिता पालना गराउन नियमित प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । त्यस्तै महासंघका निवर्तमान सल्लाहकार नारायण सापकोटाले पत्रकार महासंघमा वितरण हुने पुरस्कार पारदर्शी हुनुपर्नेृ उल्लेख गर्नुभयो । निर्वतमान सल्लाहकार माधव नेपालले रुपन्देहीमा काम गर्ने पत्रकारको ठूलो अभाव रहेको भन्दै वास्तविक पत्रकारको संस्था महासंघ बन्नुनर्पे बताउनुभयो। त्यस्तै महासंघका निर्वतमान सल्लाहकार खिमानन्द भट्टराईले पत्रकारको सुद्धिकरण संगठनबाट गर्न आवश्यक रहेको बताउनुभयो ।
निर्वतमान सल्लाहकार चेतन पन्तले अन्तर्राष्ट्रिय मिडियासँग प्रतिष्पर्धाका लागि पत्रकारहरुको परिवर्तन हुन आवश्यक रहेको चर्चा गर्नुभयो प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसालले नयाँ पत्रकारहरुलाई आधारभूत र पुराना पत्रकारलाई बिट तालिम चलाउनुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष अमृत गिरीले पत्रकार आचार संहिताका पूर्ण पालना गराउने श्रमजीवी पत्रकारको पक्षमा महासंघले काम गर्न जरुरी रहेको बताउनुभयो । प्रेस संगठन रुपन्देहीका संयोजक कमल रायमाझीले पत्रकारको न्यूनतम पारिश्रमिकको लागि मिडिया हाउसको अनुगमन गर्नुपर्ने बताउनुभयो । प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले पत्रकारप्रति समाजले हेर्ने दृष्टिकोण नराम्रो बनेको भन्दै आफूलाई पत्रकारलाई सच्चाउनुपर्ने बताउनुभयो ।
प्रेस मञ्च, नेपालका सचिव टिआर शर्माले मिडिया हाउसहरुले सञ्चित र आपतकालिन कोष बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले प्रेसको दुरुपयोग रोक्न टिम बनाउन आवश्यक रहेको बताउनुभयो । संघीय पत्रकार परिषदका सोनु थापाले कोभिड प्रभावित पत्रकारको पहिचान गरी उनीहरुलाई पलायन हुनबाट रोक्नुपर्ने बताउनुभयो । डब्लुडब्लूजे रुपन्देहीका अध्यक्ष कल्पना तिवारीले मिडिया हाउन लैगिंकमैत्री बन्नुपर्ने बताउनुभयो । सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले मिडिया हाउसमा लैगिंकमैत्री नीति बनाउनुपर्नेमा सुझाव दिनुभयो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले राय सुझाव कार्यान्वन गर्दै जाने बताउनुभयो । उपाध्यक्ष विश्वास ढकालको स्वागत, महिला उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको सम्पन्न भएको थियो ।