लुम्बिनीमा शंकरलाई संकट

1.3K

लुम्बिनीमा शंकरलाई संकट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्व मंगलवार अविश्वास प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्ताव दर्ताको लागि एक तिहाई सासदको हस्ताक्षर चाहिने प्रावधान छ । अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । विपक्षी सांसदहरूले प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनलाई प्रस्ताव पत्र बुझाएका हुन् ।
विपक्षी गठबन्धनले यस अघि पनि पोखरेल अल्पमतमा परेको भन्दै माओवादीका केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए । तर यसअघिका प्रदेश प्रमुख धर्मनाद यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए । संसदलाई छल्न विहान राजीनामा गरेर दिउसो पोखरेलले नियुक्ती पाएका थिए । नयां प्रदेश प्रमुख अमिक शेरचन आए संगै विपक्षी गठबन्धन केही आशावादी भएका छन् ।