ब्लुटुथ जडित टिभिएस एनटर्कको १२५ सिसिको स्कुटर भैरहवामा लन्च

1.3K

ब्लुटुथ जडित टिभिएस एनटर्कको १२५ सिसिको स्कुटर भैरहवामा लन्च

बुटवल ।  टिभिएस मोटर कम्पनीले बिएस,भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सिसिको स्कुटरलाई आज भैरहवामा लञ्च गरेको छ ।
नेपाल मै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर टिभिएसले रुपन्देहीका शोरुमहरुबाट लन्च गरेको हो । टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मका चर्चित कलाकार प्रदिप खड्का र स्वस्तिका खड्काको उपस्थितीमा  भैरहवाको शोरुमबाट स्कुटीको लन्च गरिएको हो । यस क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएसको नँया मोडेलमा स्कुटी बजारमा आएको भैरहवाको बुद्धचोकमा रहेको शोरुमका व्यवास्थापक खेम जिसीले बताए ।
लन्चको पहिलो दिनमा ५ वटा स्कुटी विक्रि भईसकेको बताए । शो रुमका लागनी कर्ता विमल क्षेष्ठले युवा पुस्तामा टिभिएस मोटर कम्पन्नीको स्कूटी रोजाई बढ्दै जाँदा अहिले एनर्टकक मोडेलको स्कूटीमा ब्लुटुथ जडान सहित भएकाले युवावर्गलाई थप आकृषण गर्ने जिसीले बताए । वजार प्रमुख विक्रम पाण्डेले टिभिएस कम्पन्नको पहिलो स्मार्टनेक्टरलाई प्रस्तुत गर्ने प्रविधि भएको जनाएको छ । यो स्कूटिमा स्पिडोमिटर , नेभिगेशनएसिस्ट , टप स्पीड रेकर्डर , इन-बिल्ट ल्याप टाइमर , फोन ब्याट्री, स्ट्ेन्थडिस्प्ले , लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर ,ट्रिप मिटर ,स्ट्रट र स्पोर्ट लगायतका मल्टिराईड स्टाटिस्टिक मोल जस्ता सुविधाहलाई कम्पन्नीले समेटेको छ । स्कुटी म्याट रेड , मेटालिक ग्रे , मेटलिक रेड , मेटलिक निलो रंमा उपलब्ध रहेको छ ।