नेपाल पत्रकार महासंघ रुपन्देहीले आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्नेभएको छ । महासंघ रुपन्देहीले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोगमा निःशुल्क आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्न लागेको हो ।
तालिमका लागि महासंघले आवेदन माग गरेको छ । पत्रकारिता पेशामा नवप्रवेशीलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको तालिममा प्रशिक्षकको व्यबस्था केन्द्रीय समितिले गर्नेछ भने संयोजन जिल्ला शाखाले गर्नेछ ।
४० जनालाई सहभागि गराईने पहिलो चरणको एकहप्ते तालिममा समावेशी सहभागिता गराईने नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताउनु भयो । महासंघले यो तालिम लिएका एक वर्षपछि एक महिने एड्भान्स तालिम प्रदान गर्नेछ ।
तालिममा सहभागि हुन चाहने व्यक्ति रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाईनमा काम गरिरहेको हुनुपर्नेछ । तर पत्रकारिता सुरु गरेको २ वर्ष नकटेको हुनुपर्नेछ । एड्भान्स तालिममा सहभागि हुन प्रतिवद्ध भएको व्यक्तिले यहि साउनको २६ गतेसम्म आवेदन माग गरिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियारले जानकारी दिनुभयो ।