लुम्बिनीमा विशेष अधिवेशन आव्हान

1.3K

लुम्बिनीमा विशेष अधिवेशन आव्हान

 

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनको माग बमोजिम यही साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते बुधवार दिउंसो १ बजे विशेष अधिवेशन बोलाइएको हो ।
विपक्षी गठबन्धनको माग बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन बोलाउनु भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्व अविश्वास प्रस्ताव दर्ता गराएका थिए । साउन १९ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।