लुम्बिनी प्रदेश सभाकी सांसद विमला वलीले लगाएको आरोपको एमालेले खण्डन गरेको छ । नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला वलीले लगाएका आरोप झुठा र निराधार भएको बताउनु भयो । बिहिबार एमाले संसदीय दलको कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरेर प्रमुख सचेतक ढकालले सांसद वलीले लगाएको आरोमा कुनैपनि सत्यता नभएको दावी गर्नुभयो ।
उहाँले एमाले अध्यक्ष केपि ओलीले पठाएको स्पष्टिकरणको चिठि दिनको लागि आफू दाङ् गएको र सांसद वलीको मुख्यमन्त्रीलाई भेटेर कुरा गर्ने चाहना अनुसार आफूले मुख्यमन्त्री निवासमा ल्याएको बताउनु भयो ।
सांसद वलीले भने आफू उपचारको लागि नेपालगञ्ज जान लागेको बताएपछि घरमा आएका एमाले सचेतक ढकालले पनि आफूपनि नेपालगञ्ज जान लागेकाले संगै जाऔं भनेको र सोही अनुसार गाडीमा चढेपछि जवरजस्ती बुटवल मुख्यमन्त्रीको निवासमा पु¥याएर ६ दिनसम्म बन्धक बनाएको आरोप लगाउनु भएको थियो ।
तर प्रमुख सचेतक ढकालले भने मुख्यमन्त्रीसंग भेटेर कुरा गर्ने सांसद वलीकै चाहना अनुसार मुख्यमन्त्री निवास ल्याएको दावी गर्नुभयो । यद्यपी केही दिन अगाडी रिपोटर्स क्लवमा बोल्दै प्रमुख सचेतक ढकालले सांसद वली नेपालगञ्जमा उपचारमा रहेको र आफूहरुको सम्पर्कमा रहेको बताउनु भएको थियो ।
