सुनका गहना र नगदले भरिएकाे व्याग भेटिएपछि …

1.3K

सुनका गहना र नगदले भरिएकाे व्याग भेटिएपछि …

सुनका गहना र नगदले भरिएकाे व्याग भेटियाे भने तपाईं के गर्नु हुन्छ ? तर बुटवलमा भने सुनका गहना र पैसाले भरिएकाे व्याग भेटाएका एक व्यक्तिले उक्त व्याग ड्युटीमा खटिएकाे प्रहरीलाई बुझाएका छन् ।
त्यस्तै प्रहरीले पनि हराउने व्यक्ति पत्ता लगाएर उक्त व्याग बुझाईदिएकाे छ । पाल्पाबाट बुटवल आउदै गरेका देवराज करण नामका व्यक्तिले आफुले बाटाेमा फेला पारेकाे ६६ हजार ६५५ रुपैया नगद सहित सुनकाे चन्द्रमा भएकाे उक्त हाते व्याग बुटवलकाे सिद्धबाबा मन्दिर नजिकै ड्युटीमा रहेकाे प्रहरीलाई बुझाईदिएका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ३ सिद्धबाबा मन्दिर नजिकै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट ड्युटीमा खटिएका प्रहरीलाई ती व्यक्तिले उक्त व्याग बुझाईदिएका थिए ।
सुनका गहना र नगद सहितकाे व्याग फेलापरेपछि प्रदेश ट्राफिक प्रहरी कार्यालयले मातहतका जिल्लामा समन्वय गरेकाे थियाे । प्रहरीकाे समन्वयमा पाल्पामा व्याग हराएकाे जानकारी आएपछि हराउने व्यक्ति पत्ता लगाएर बुझाईएकाे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक (इन्सपेक्टर) मधु नेपालले जानकारी गराउनु भयाे ।
व्याग भेटाएका व्यक्तिले भेटिएकाे व्याग बुटवलमा प्रहरीलाई बुझाएका थिए भने व्याग हराएकी तानसेन नगरपालिका वडा नं. २ मेहलधाराकी श्यामकला पचभैयाले आफ्नाे नगद र सुनकाे गहना सहितकाे व्यग हराएकाे पाल्पा प्रहरीलाई जानकारी गराएकी थिईन् ।
उक्त व्याग लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेपालले बिहिबार सांझ पचभैयालाई हस्तान्तरण गर्नुभएकाे हाे । आफ्नाेे हराएकाे व्याग भेटिएपछि खुसी भएकी ती महिलाले प्रहरी र भेटाउने ती व्यक्तिलाई धन्यवाद दिईन् ।