रोटरी रोट्रयाक्टद्वारा देवदहको गौतमबुद्ध राष्ट्रिय उद्यानमा बृक्षरोपण

1.3K

रोटरी रोट्रयाक्टद्वारा देवदहको गौतमबुद्ध राष्ट्रिय उद्यानमा बृक्षरोपण

रुपन्देहीको देवदह नगरपालिकाको बुद्ध सामुदायिक बन भित्र रहेको गौतमबुद्ध राष्ट्रिय उद्यानमा बृक्षरोपण गरिएको छ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही र उसका स्पोन्सर क्लवहरुको आयोजनामा देवदह नगरपालिका वडा नं. ७ मा रहेको गौतमबुद्ध राष्ट्रिय उद्यानमा बृक्षरोपण गरिएको हो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही उसका स्पोन्सर क्लवहरु रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनको संयुक्त आयोजनामा धुपि लगायतका ५० थान बिरुवा रोपिएको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद चापागाईले बताउनु भयो ।
उहाँले त्यस स्थानलाई रोटरी÷रोट्रयाक्ट पार्क बनाउने योजना सहित बृक्षरोपण गरिएको र रोपिएका बिरुवाका निरन्तर निगरानी तथा संरक्षण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्कमा क्लवले आएर बृक्षरोपण गरेकोमा धन्यवाद व्यक्त गर्दै उद्यानकी सचिव राधिका अर्यालले बिरुवा रोप्ने मात्रै भन्दापनि रोपिएका बिरुवाको संरक्षणको लागि समेत आग्रह गर्नुभएको थियो ।


कार्यक्रमको संयोजन गरेको रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष सुनिल गिरीले क्लवको पहिचान हुनेगरी पार्क निर्माण गरिने बताउँदै वातावरणी हिसावले पनि बृक्षरोपण महत्वपूण भएको बताउनु भयो ।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनका अध्यक्ष सरोज खनाल, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष नवीन अर्याल, रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका सहसचिव अर्जुन आचार्य लगायतले भनाई राख्नुभएको थियो ।