सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

1.3K

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर गठबन्धनमा आवद्ध शिर्ष नेताहरुको उपस्थितीमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामाग्रि खरिदमा भएको अनियमितता छानविन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारवाही गर्ने उल्लेख गरिएको छ । त्यस्तै लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकहरुसँग समाधान हुन बाँकी सीमा समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने घोषणा गरिएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा पूर्ववर्ती केपी ओली सरकारले सार्वजनिक गरेको भएपनि यी क्षेत्रलाई भारतबाट नेपालले आफ्नो भोगचलनका लागि फिर्ता ल्याउनुपर्ने चुनौती छ । यो विषयमा भारत सरकारले नक्सा जारी गरेपछि कुराकानी गर्न मानिरहेको छैन । यसै सन्दर्भमा गठबन्धन सरकारले यो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने योजना अगाडि सारेको हो ।
सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा सुरक्षा चौकी (बीओपी) वृद्धि गर्ने योजना पनि सरकारको छ । राष्ट्रिय हितमा जलस्रोतको द्विपक्षीय र बहुपक्षीय उपयोग गर्ने र जलस्रोत नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम