लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन विरुद्धको रिट सर्बोच्चद्वारा अस्वीकार

1.3K

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन विरुद्धको रिट सर्बोच्चद्वारा अस्वीकार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्धको अबिश्वास प्रस्तावको लागि आह्वान गरिएको प्रदेश सभाको बिशेष अधिवेशन बिरुद्धको रिट दर्ता गर्न सर्बोच्चले अस्वीकार गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले यहि साउन २७ गते मुख्यमन्त्री पोखरेल बिरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफलको लागि बिशेष अधिवेशन आह्वान गर्नुभएको थियो । उक्त अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसी रिट लिएल सर्बोच्च पुग्नु भएको थियो । सर्बोच्चले असम्बन्धित व्यक्ति रिट लिएर आएको भन्दै दरपिठ (अस्वीकार) गरेको हो ।
मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले अविश्वासको प्रस्ताव सहित समावेदन गरेका थिए । त्यसका आधारमा प्रदेश प्रमुख शेरचनले यहि साउन २७ गतेलाई बिशेष अधिवेशन आह्वान गर्नुभएको थियो भने तत्कालै मुख्यमन्त्री पोखरेल काठमाण्डौ जानु भएको थियो ।
सर्बोच्चले बिशेष अधिवेशन बिरुद्धको रिट दरपिठ गरिदिएपछि प्रदेश सभाको अधिवेशन बस्ने बाटो खुलेको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने छ ।
लुम्बिनी प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेसँग ३८ सांसद छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसद छन् । विपक्षी गठवन्धनले मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव सहित माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।