कबिन्द्र नेपाल /
प्रदेश सभामा बहुमत जुटाउन नसकेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको बिशेष अधिवेशन रोक्ने माग सर्बोच्चले अस्वीकार गरिदिएपछि मुख्यमन्त्री पद संकटमा परेको छ ।
अल्पमतका बाजजुद पनि प्रदेश सभाको अंकगणितलाई सोलोडोलो व्याख्या गरेर प्रदेश सरकारको नेतृत्व गरिरहेका पोखरेल संघीय सरकारमा काँग्रेस सभापति शेरबहादुर देउवाको ईन्ट्रीपछि भने केही हच्किनु भएको हो ।
पूर्ववर्ती सरकारको पालामा तत्कालिन प्रधानमन्त्री केपि ओलीले नियुक्त गरेका तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवको बलियो साथ पाएका मुख्यमन्त्री पोखरेललाई नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको त्यो साथ नपाउने निश्चित छ । हुनपनि प्रदेश प्रमुख यादवकै पालामा विपक्षी गठबन्धनका दलले मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव सहित बिशेष अधिवेशनको माग गरेका थिए । तर उहाँले विपक्षी गठबन्धनको माग अस्वीकार गर्नुभएको थियो ।
संघीय सरकारमा काँग्रेस सभापति देउवाको ईन्ट्रिपछि लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त हुनुभयो । मुख्यमन्त्री पोखरेललाई धाप मारेका प्रदेश प्रमुख यादवलाई बर्खास्त गर्दै शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेपछि विपक्षी गठबन्धनका दलहरु उत्साहित भएका छन् भने, सत्तारुढ दल एमाले र बिशेषगरी मुख्यमन्त्री पोखरेललाई निराशा बनाएको छ ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको भन्दै अविश्वासको प्रस्ताव सहित विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई गरेको आग्रह अनुसार प्रदेश प्रमुख शेरचनले यहि साउनको २७ गतेलाई बिशेष अधिवेशन आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेल आफ्नो पक्षमा बहुमत पु¥याउनका लागि आफ्नै नेतृत्वमा पटक पटक सांसद अपहरण गर्ने र बन्धक बनाउने गरेको सम्मका कुराहरु सार्वजनिक भए । टाउको गनेर बहुमत पु¥याउन नसकेका मुखयमन्त्री पोखरेल अन्ततः बिशेष अधिवेशन रोक्न माग गर्दै सर्बोच्चको ढोका ढकढक्याए पनि सर्बोच्चले समेत बिशेष अधिवेशन रोक्ने माग अस्वीकार गरिदिएको छ । सर्बोच्चले समेत बिशेष अधिवेशन रोक्ने माग अस्वीकार गरिदिएपछि मुख्यमन्त्री पोखरेलका पद जोगाउने विकल्पहरु सकिएका छन् ।
मन्त्रीहरु सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेको सुनुवाई आज (सोमबार) सर्बोच्चमा हुँदैछ । उनीहरुको कारवाही सर्बोच्चले फूकुवा गरिदियो भने मुख्यमन्त्री पोखरेललाई केही राहत हुनेछ ।
अल्पमतकै कारण चालु आर्थिक वर्षको बजेटमाथिको छलफलपछि प्रदेश सभा बैठकमा निर्णयार्थ पेस हुनु अवागै मुख्यमन्त्री सहित सत्तारुढ दल एमालेले बजेट अधिवेशन बहिस्कार गरेको थियो भने अध्यादेशबाट बजेट ल्याउनु परेको थियो । त्यसो त सर्बोच्चले एमाले र माओवादी केन्द्रको अस्थित्व व्यूत्याईदिएपछि गत बैशाख १९ मा अविश्वासको प्रस्तावमाथि छलफलको लागि बोलाईएको बिशेष अधिवेशन अगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा गर्नुभएको थियो भने त्यसको केही घण्टा बित्न नपाउँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिमको सरकारको लागि दावी गर्नुभयो । त्यस्तै तत्कालिन प्रदेश प्रमुखले पनि सुटुक्क पुनः मुख्यमन्त्रीमा नियुक्त गरेर सांसदहरुको बिरोधका बावजुध पनि प्रदेश प्रमुख मुख्यमन्त्री कार्यालयमै पुगेर सपथ गराउनु भएको थियो ।
मुख्यमन्त्री पोखरेलले तत्कालिन प्रदेशप्रमुख यादवले जस्तैगरी नवनियुक्त प्रदेश प्रमुख शेरचनको साथ नपाउने निश्चित छ । नवनियुक्त प्रदेशप्रमुख शेरचन प्रदेशमा आएसंगै मुख्यमन्त्री पोखरेलको दिनगन्ती शुरु भएको हो । तथापी आफ्नो पक्षमा बहुमत पु¥याउनको लागि मुख्यमन्त्री पोखरेलले अनेक हतकण्डा गरिरहेको विपक्षी गठबन्धनका दलहरुले आरोप लगाउँदै आएका छन् ।
लुम्बिनी प्रदेशमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनमा नेपाली काँग्रेसको १९, माओवादी केन्द्रको १८, जनता समाजवादी पार्टी (जसपा)को ३ र राष्ट्रिय जनमोर्चाको १ गरी ४१ सांसद छन् । पार्टी निर्णय विपरित एमाले सरकारमा सहभागि भएको भन्दै तीन सांसदलाई जसपाले कारवाही गरेको छ । आफूहरुलाई गरेको कारवाही रोक्न माग गर्दै लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरु सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेको सुनुवाई आज (सोमबार) सर्बोच्चमा हुँदैछ । उनीहरुको कारवाही सर्बोच्चले फूकुवा गरिदियो भने मुख्यमन्त्री पोखरेललाई केही राहत हुनेछ । अन्यथा उहाँको मुख्यमन्त्री पद चैट हुने लगभग निश्चित जस्तैछ ।
अब अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलसंग नैतिकताको आधारमा राजीनामा दिने वा अविश्वासको प्रस्तावको सामना गर्ने दुई विकल्प बाँकी छन् ।