लुम्बिनीका तीन मन्त्रीको रिटमा अन्तरिम आदेश दिन सर्बोच्चद्वारा अस्वीकार

1.3K

लुम्बिनीका तीन मन्त्रीको रिटमा अन्तरिम आदेश दिन सर्बोच्चद्वारा अस्वीकार

पार्टी निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा सहभागि भएका जनता समाजवादी पार्टी (जसपा)का तीन सांसदको रिटमा सर्बोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
पार्टीको कारवाहीबाट सांसद पद गुमाएका लुम्बिनी प्रदेश सरकार मन्त्रीहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे सर्बोच्च गएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको सोमबार बसेको एकल इजलासले उनीहरुको माग अनुसार सांसद पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने विपक्षीसंग लिखित जवापफ माग गरेको छ । त्यस्तै अन्तरिम आदेशको लागि छलफल गर्न दुबैपक्षलाई भदौं ८ गते बोलाएको छ ।