एमालेको बिधान संशोधन प्रस्ताव : अध्यक्ष र केन्द्रीय सदस्यहरुमा मात्रै निर्वाचनबाट चुनिने

1.3K

एमालेको बिधान संशोधन प्रस्ताव : अध्यक्ष र केन्द्रीय सदस्यहरुमा मात्रै निर्वाचनबाट चुनिने

नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्रै चुनिनेगरी विधान संशोधन प्रस्ताव गरेको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षीय नेताहरु मात्रै रहेको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष र केन्द्रीय सदस्यहरु महाधिवेशनबाट चुनिने र निर्वाचित कन्द्रीय सदस्यहरुबाट पदाधिकारी मनोनित गर्ने गरि विधान संशोधन प्रस्ताव गरिएको छ ।
विधान संशोधन प्रस्तावमा १३ पदाधिकारी रहनेछन् । स्थायी कमिटी खारेज गरिनेछ । सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी हुनेछ । बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी गराउनु भयो । प्रस्तावित विधानमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ७ सचिव रहेन उल्लेख छ ।
अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछ भने अरु पदाधिकारी केन्द्रीय कमिटिले चयन गर्ने व्यबस्था गरिएको छ । हाल महाधिवेशनबाट निर्वाचित हुनेगरी एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव रहने व्यबस्था छ ।
उहाँका अनुसार स्थायी कमिटि खारेज गर्ने, पोलिटव्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटि बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित संशोधन विधानमा प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् ।