सैनामैनाबाट ९४.५३ क्युफिट सालको काठ बरामद

320

सैनामैनाबाट ९४.५३ क्युफिट सालको काठ बरामद

प्रहरीले रुपन्देहीको सैनामैनाबाट दुई लाख रुपैंया बढीको अवैध सालको काठ बरामद गरेको छ । सोमबार साझ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. ११ को पिपलडाडा नजिकै डम्पिङ् साईडमा जमिनमुली लुकाई राखेको ९४.५३ क्युफिट (१३ गोलिया) अवैध सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
बिशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले बरामद गरेको उक्त परिणामको सालको काठलाई २ लाख ३५ हजार रुपैंया बढी पर्ने प्रहरीले जनाएको छ । बरामद गरिएको आवश्यक कारवाहीको लागि कञ्चन सव डिभिजन बन कार्यालय फायरलाईन रुपन्देहीमा पठाईएको प्रहरीले जनाएको छ ।