चालकको हत्या गरेर ट्रकको चामल लुट्ने पक्राउ

455

चालकको हत्या गरेर ट्रकको चामल लुट्ने पक्राउ

रुपन्देहीको भैरहवामा चालकको हत्या पछि भारतबाट काठमाण्डौ लैजाँदै गरेको चामल लुटिएको छ । केहीदिन अगागि भैरहवामा मृत फेला परेका भारतीय नागरिक तौफिक अहम्मद पठानको शव भेटिएको थियो । प्रहरी अनुसन्धानबाट भारतबाट काठमौण्डौ जाँदै गरेको चामल बोकेको युपी ५३ एटी १४१ नम्बरको भारतीय नम्बर प्लेटको चालक रहेको खुलेको हो ।
यहि साउनको १७ गते भारतबाट चामल लिएर आएका आफ्नो ज्वाई भारत महारागंज ग्राम एकडेगवाका तौफिक अहम्मद पठान सम्पर्कमा नआएको भन्दै रुपन्देहीको रोहिणी गाउँपालिका–२ का सजरुद्दिन खाँले जिल्ला प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । त्यसको आधारमा प्रहरीले खोजी गर्दा पठानको शव सिद्धार्थनगर नगरपालिका वडा नं. १३ डण्डा खोलाको पानीमा तैरिएको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि थप अनुसन्धान थालेको प्रहरीले चालकको हत्या गरेर ट्रमा लोड भएको चामल लुटिएको पत्ता लगाएको हो ।
चालकको हत्या गरि चामल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–६ का ३० वर्षीय अलि भनिने सद्धाम कुजडा, सोही ठाउँका २७ वर्षीय समिर भनिने रिजवन अली मुसलमान, २८ वर्षीय महेश कहाँर र तनहुँ शुक्लागण्डगी–१० का २७ वर्षीय सुनिल पौडेल रहेका छन् । उनीहरुलाई प्रहरीले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

चामल लुट्ने योजना सहित हत्या

अनुन्धानको क्रममा प्रहरीले चामल लुट्ने योजना सहित हत्या भएको निश्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसी भन्नुभयो–‘काठमाण्डौ लैजाँदै गरेको चामल यहि किन्ने योजना बनाएर हत्या भएको देखिन्छ ।’
प्रहरीका अनुसार भारतबाट नन्दकिशोर यादवले काठमाडौंस्थित संग्रिला कम्पनीका नन्दन गुप्ताको नाममा चामल पठाएका थिए । काठमौण्डौ चालम लगिँदैछ भन्ने सद्धामले कहाँबाट थाहा पाए, त्यसपछि सद्धामले नन्दनलाई फोन गरेर उक्त चामल आफूले यहि किन्ने बताएपछि नन्दनले पनि चालक पठानलाई पैसा लिएर मात्रै चामल दिन भनेका थिए । नन्दन र सद्धामको डिल भएपछि चालकले सद्धामलाई सम्पर्क गरेका थिए ।
नन्दनसंग चामल किन्न डिल गरेका सद्धाम रिजवन भन्ने अलि मुसलमान र महेश कहार सहित बेलहियाको बाईपास सडक पुगेका थिए । उनीहरुको चालकसंग भेटभएपछि नजिकै केही पर पुगेर मादक पदार्थ सेवन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । मादक पदार्थ सेवन गरेर राती उनीहरु चारै जना हिंड्दै डण्डा खोला नजिक पुगेपछि इट्टा प्रहार गरेर चालक पठानको हत्या भएको थियो । हत्यापछि शवलाई खोलामा फालेर तीन जनाले ट्रक लिएर नवलपरासीको भुमही पुगेका थिए । भुमहीमा उक्त भारतीय ट्रकको चामल दुई वटा नेपाली ट्रकमा लोड गरेर चितवन पु¥याई तनहुका सुनिल पौडेललाई बिक्रि गरिएको थियो । भने भारतबाट चामल बोकेर ल्याएको ट्रक सुनौली लगेर छाडिएको थियो । प्रहरी अनुसन्धान अनुसार पौडेलले उक्त चामललाई नयाँ ब्राण्डको चालम बनाएर बिक्रि गर्ने जिम्मा लिएका थिए ।
चालक पठान यस अगाडि पनि पटक पटक चामल लिएर नेपाल आउने जाने गरेका थिए । प्रहरीका अनुसार सद्धामकै योजनामा पठानको हत्या गरि चामल अन्यत्रै बिक्रि गरिएको हो । हत्या र लुटपाटमा संलग्न चारै जनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताउनु भयो ।