अविश्वास प्रस्तावको कसरी सामना गर्ने रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै

1.3K

अविश्वास प्रस्तावको कसरी सामना गर्ने रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको संसदीय दलको बैठक बोलाएको छ । मुख्यमन्त्री शंकर पोखरेल निवासमा बुधबार बिहान बोलाईएको बैठकमा मुख्यमन्त्री पोखरेल बिरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने रणनीति निर्माणको लागि संसदीय दलको बैठक बोलाईएको एमालेका एक सांसदले बताउनु भयो ।
अल्पमतमा परेपनि सोलोडोलो ब्याख्या गरेर सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पोखरेल अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा गरेर नयाँ सरकारको लागि मार्गप्रसस्त गर्ने दोसाँधमा हुनुहुन्छ । ‘भोली बिहान बोलाईएको बैठकले सम्भवत यहि बिषय्मा निर्णय गर्नेछ ।’ उहाँले भन्नुभयो ।