मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव पेश

1.3K

मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव पेश

लुम्बिनी प्रदेश सभाको बिशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्धको अविश्वासको प्रस्ताव पेश भएको छ । बुधबार १ बजे बजेको प्रदेश सभाको बिशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनोडियाले मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो । यद्यपी बैठकमा सत्तापक्षका सासदरु अनुपस्थित छन् ।
बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै आपत्ति जनाएको थियो । मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिनुभएको थियो ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहितको विपक्ष गठबन्धनले मुख्यमन्त्री पोखरेलाई अविश्वासको प्रस्ताव सहित भावी मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ ।