मुख्यमन्त्री पोखरेलको राजीनामापछि लुम्बिनी प्रदेश सभाको बिशेष अधिवेशन स्थिगित

387

मुख्यमन्त्री पोखरेलको राजीनामापछि लुम्बिनी प्रदेश सभाको बिशेष अधिवेशन स्थिगित

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफलको लागि सुरु भएको विशेष अधिवेशन स्थगित भएको छ । बिशेष अधिवेशन चल्दैगर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो । बिशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनोडियाले मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको थियो ।
सत्तारुढ दल एमालेले बहिस्कार गरेको संसदमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले अविश्वासको प्रस्तावमाथि बोलिसकेका थिए ।
मुख्यमन्त्री सहित सत्तारुढ दल एमालेका सांसदहरु संसदमा अनुपस्थित भएपछि समामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफको लागि १ घण्टा बैठक स्थगित गर्नुभएको थियो । एक घण्टा पछि बसेको प्रेदश सभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामा सम्बन्धि पत्र पढेर संसद स्थगित गरिएको हो ।