मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

298

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले आज (बुधबार) मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री पोखरेलले दिनुभएको राजीनामा प्रदेश प्रमुख शेरचनले स्वीकृत गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले अर्को प्रदेश मन्त्रीपरिषद गठन नहुँदासम्म मौजुदा मन्त्रीपरिषदलाई नै कार्यभार बहन गर्नेगरी तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।