नयाँ सरकारको लागि दावी पेश गर्न लुम्बनीका प्रदेश प्रमुख शेरचनको आह्वान

1.3K

नयाँ सरकारको लागि दावी पेश गर्न लुम्बनीका प्रदेश प्रमुख शेरचनको आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको लागि बहुमत सहित दावी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख शेरचनले राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनीधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा यहि साउन २८ गते दिउँसो ३ बजे भित्र बहुमत सहित दावी पेश गर्न आह्वान गर्नुभएको हो ।