लुम्बिनीको मुख्यमन्त्रीमा केसी नियुक्त : आजै सपथ

268

लुम्बिनीको मुख्यमन्त्रीमा केसी नियुक्त : आजै सपथ

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रदेश सभामा अविश्वासको प्रस्तावमाथिको छलफलकै क्रममा बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमत सहित दावी प्रस्तुत गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो । मुख्यमन्त्रीमा केसीको मात्रै दावी परेको थियो ।
प्रदेश प्रमुखको आह्वानपछि विपक्षी गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता केसीले नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र अजय शाही सहित ४२ सांसदको हस्ताक्षर बुझाउनु भएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त केसीलाई आजै (बिहिबार) सपथको तयारी गरिएको छ । मुख्यमन्त्रीमा नियुक्तिसंगै प्रदेश प्रमुखको कार्यालयले आजै अपरान्ह ४ बजे सथपको तयारी गरेको हो ।