कपिलवस्तुबाट पेस्तोल सहित तीन जना पक्राउ

427

कपिलवस्तुबाट पेस्तोल सहित तीन जना पक्राउ

कपिलवस्तु प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । बुधवार राती महाराजगंज नगरपालिका वडा नं. ९ औरहवाबाट नल कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल राख्न दिने सहित पेस्तोल र गोली बोक्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महाराजगंज निवासी २० वर्षिय लक्ष्मण यादवलाई एक थान घरेलु नल कटुवा पेस्तोल, सोही ठाउ निवासी २८ वर्षिय बिश्वम्वर यादवलाई पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड गोली सहित पक्राउ गरिएको कपिलवस्तु प्रहरीका प्रवक्ता एवं प्रहरी नायव परिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । त्यस्तै सोही स्थान निवासी ४१ वर्षिय समसाद अहमद खाँ हतियार लुकाउन दिएको अभियोगमा पक्राउ परेका छन् ।