कपिलबस्तुबाट ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ

401

कपिलबस्तुबाट ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ

कपिलवस्तु प्रहरीले ब्राउन सुगर सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागु औषध बिक्रि वितरण गरिरहेको आरोपमा कपिलबस्तुको सुद्धोधन गाउँपालिका वडा नं. ३ हर्दिहवाबाट भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम निबीका २५ वर्षीय सहजाद अन्सारी र सोहरतगढका ३२ वर्षीय मोहम्मद रजा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा अन्सारीले लगाएको जिन्स पाईन्टको गोजीमा सुर्तीको प्याकेटमा लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ६ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।