करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

536

करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला महिलालाई जवरजस्ती करणी गरेको आरापमा पक्राउ परेका छन् । पिडितको उजुरीको आधारमा अध्यक्ष शुक्लालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको उजुरीको आधारमा गाउँपालिका अध्यक्ष शुक्लालाई प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष शुक्लालाई अनुसन्धानको लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
गत २४ गते बिहान ११ बजेको समयमा अध्यक्ष शुक्लाले आफ्नै घरमा ती महिलालाई बोलाएर प्रहरी हिरासतमा रहेका श्रीमानलाई छुटाईदिन्छु भन्दै जवरजस्ती करणी गरेको करणी गरेको पिडितको आरोप छ । प्रहरीले अध्यक्ष शुक्ला विरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरि थप अनुसन्धान सुरु गरेको छ ।