लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ : सात सदस्यीय मन्त्रीमण्डल गठन

963

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ : सात सदस्यीय मन्त्रीमण्डल गठन

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित बिशेष समारोहमा बिहिबार साँझ प्रदेश प्रमुख अमिक शेरचन समक्ष नवनियुक्त मुख्यमन्त्री केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
बिहिबार नै प्रदेश प्रमुख शेरचनले प्रदेश सभा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री केसीले सपथग्रहणसंगै गठबन्धनका दलहरुलाई समेटेर मन्त्रीपरिषद गठन गर्नुभएको छ । उहाँले आफू सहित सात सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको हो । नवगठित मन्त्रीपरिषदका सदस्यहरुलाई पनि सपथ गराईएको छ ।
मुख्यमन्त्री केसीले नेपाली काँग्रेसबाट डिल्लीबहादुर चौधरीलाई ग्रामिण तथा शहरी बिकास मन्त्रालयल, माओवादी केन्द्रबाट कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र जनता समाजवादी पार्टीका सहसराम यादवलाई भौतिक पूर्वाधार मन्त्रालय तथा सुमन शर्मा रायमाझी, पुनमती ढेगा र स्वतन्त्र अजय शाहीलाई विना बिभागीय मन्त्रालयलको जिम्मेवारी दिनुभएको छ ।