कपिलवस्तुबाट सैनामैनाका दुई युवा पक्राउ

344

कपिलवस्तुबाट सैनामैनाका दुई युवा पक्राउ

कपिलवस्तु प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । बिहीवार राती कपिलवस्तु नगरपालिका वडा नं.१ आन्दोलन चोकमा लागु औषध कारोवार गरेको अभियोगमा रुपन्देहीका दुई युवालाई पक्राउ गरेको हो ।

रुपन्देहीको सैनामैना–१० निवासी ३९ वर्षिय जीवन गुरुङ र सोही स्थान निवासी विजय सुनारलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । लु २५ प २०६४ नम्वरको स्कुटर सहित पक्राउ परेका दुई युवाबाट कालो प्लाष्टिकको पोकामा २ ग्राम ८८० मिलिग्राम हेर्दा खैरो लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरीले पछिल्लो क्रममा अपराधिक क्रियाकलापमा कडाई गर्दै आएको छ । बुधवार पनि लागु औषध सहित दुई भारतीय र पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको थियो ।