रेडपाण्डाको छाला सहित पक्राउ

674

रेडपाण्डाको छाला सहित पक्राउ

कपिलवस्तुको बाणगंगाबाट रेड पाण्डाको छाला सहित तीन जना पक्राउ परेका छन् । लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले बाणगंगा नगरपालिका वडा नं.–४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट झापाका तीन युवालाई पक्राउ गरेको हो ।

होटलबाट रेड पाण्डाको छालाको कारोवार गरेको अभियोगमा झापा विर्तामोड नगरपालिका वडा नं. ५ सनिश्चरे बस्ने २९ बर्षिय खगेन्द्र पुरी, सोही स्थान निवासी ३२ वर्षिय आशिष जोगी र २६ वर्षिय सौरब राजवंशीलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । होटलको कोठा नं. १०४ मा २ वटा रेड पाण्डाको छाला र एउटा पुच्छर सहित तीन युवा पक्राउ परेका हुन् ।